काठमाडौँमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

काठमाडौँ- १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।
एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छिन् । गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् ।
बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक-पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन् । जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।
तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्काे मुद्दा दायर भएको छ । जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन् । प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक-पटक बलात्कार भएकोमा अर्को मुद्दा दायर भएको छ । जसमा रुकुम पश्चिमका खड्कप्रसाद गिरी पक्राउ परेका छन् । यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।
बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । न्युजकारखाना

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

प्रतिक्रिया