पाँचौँ टेस्टमा इंग्ल्यान्डविरुद्ध भारत एक इनिङ्स र ६४ रनले विजयी
काठमाडौँ- घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेल एक इनिङ्स तथा ६४ रनले आफ्नो पक्षमा पारेको छ ।
धरमशालामा शनिबार सम्पन्न खेलसँग भारतले सिरिज ४-१ ले आफ्नो पक्षमा पारेको छ ।
पाँचौँ तथा अन्तिम खेलको दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ९५ रनमै सीमित भएपछि भारतले शानदार जित हात पारेको हो ।
दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि जो रुटले सर्वाधिक ८४ रन बनाउँदा भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट हात पारे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय १८ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ज्याक क्रलीले सर्वाधिक ७९ रन बनाए भने भारतका कुलदिप यादवले ५ तथा रविचन्द्रन आश्विनले ४ विकेट हात पारे ।
भारतले भने पहिलो इनिङ्समा ४ सय ७७ रन जोड्दा शुवमन गिलले १ सय १० तथा कप्तान रोहित शर्माले १ सय ३ रनको योगदान गरे ।
इंग्ल्यान्डका शोएब बसिरले ५ विकेट लिए । २ विकेट हात पारेका जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा ७ सय विकेट समेत पूरा गरे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया