हङकङसँग नेपाल ७३ रनले स्तब्ध

काठमाडौँ- घरेलु टोली हङकङविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ ।
मङककमा शनिबार भएको खेलमा हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो ।
जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए ।
हङकङका आइजाज खानले ४, एहसान खानले ३ तथा अतिक इक्वाल र नासरुल्ला रानाले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो ।
हङकङका लागि बाबर हायातले १ सय १० रन जोडे । हायातले ४९ बल खेल्दा १३ छक्का र ३ चौका हिर्काए ।
अन्सुमन रथले ३९ रन तथा मार्टिन कोएट्जीले ३१ रन बनाए ।
नेपालका लागि आकाश चन्दले ३ तथा प्रतिश जिसी, राशिद खान र आरिफ शेखले १-१ विकेट हात पारे ।
नेपाल, हङकङ र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअघि नेपाल र हङकङबीच टी-ट्वान्टी खेल भएको हो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया