हामी सँगसँगै हाम्रो वातावरण

साझा घर पृथ्वीको मिलेर सेवा गरौँ,
पृथ्वीलाई जोगाउन सबैले हात जोडौँ,
हरेक प्राणी प्राणीबीच छ गहिरो सम्बन्ध,
त्यसैले एकापसबिना मिल्दैन जीवनको प्रबन्ध ।
हरेक जीव वातावरणमा नै निर्भर छ,
वातावरणको महत्व त्यसैले निकै प्रबल छ,
प्रदूषण गर्दै वायु, जल र माटो,
खोलेका छन् मानिसले आफ्नै दुर्गतिको बाटो ।
विकास गर्दै जाऔँ वातावरणको ख्याल गरी,
अब एकजुट होऔँ सँगसँगै रुख रोपी,
सबैको हितका लागि नफालौँ फोहोर जथाभावी,
नभए ल्याउँछ यसले सबैको स्वास्थ्यमा खराबी ।
वातावरणबिना हुँदैन कुनै प्राणीको अस्तित्व,
त्यसैले यसको संरक्षण हो सबैको दायित्व,
मिलौँ अब सबै पृथ्वी आमालाई बचाउन,
सबैका सामु दिगो विकासलाई बढाउन ।।।
सान्भी चौधरी
ब्राइट फ्युचर मा.वि.
चन्द्रागिरि, १५ नैकाप
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया