एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा

काठमाडौँ- एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको छ ।
जेसीले समग्र बैंकिङ्ग प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ ।
बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जेसी योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरूलाई व्हिलचियर र्याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व Women Leadership कार्यक्रम समेत सुरुवात गरिसकेको बैंकले जनाएको छ ।
महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खातालगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १८३ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
भिडियो लिंक:

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया