गठबन्धन परिवर्तनको निर्णय अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि हो : पम्फा भुसाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको बताएकी छन् ।
अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षका लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताएकी हुन् । नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यसअनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनले बताइन् ।
भुसालले अहिले वामपन्थीहरूको बाहुल्यतासहितको नयाँ गठबन्धन बनेको भन्दै यसलाई मोर्चा हुँदै एउटै पार्टी बनाउनेसम्म अघि बढाउनुपर्ने धारण राखिन् । दीर्घकालमा एउटै देशमा दुईवटा कम्युनिष्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै एक दिन सबै कम्युनिष्टहरू एकै ठाउँ आउनै पर्ने उनले बताइन् ।
त्यस्तै उपाध्यक्ष भुसालले आफूहरूले लडेर ल्याएको अधिकार कार्यान्वयनका लागि र थप अधिकार स्थापित गर्न संघर्षको मोर्चा छाड्न नसकिने जिकिर गरिन् । उनले संघर्षको स्वरूप भने फरक-फरक हुन सक्ने बताइन् । राज्य संचालन गर्ने स्थानमा नै महिला प्रतिनिधि नभएसम्म महिलाको हक अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ ।
भुसालले संघ र प्रदेशमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउनुपर्ने व्यवस्था रहेको भन्दै एकपटक अवसर पाएकालाई अर्कोपटक नदोहोर्याउने प्रस्ताव माओवादीको विधानमा गरेको धारणा राखिन् । चैत्र १ गते बस्ने माओवादीको स्थायी कमिटीले विधानलाई अन्तिम रूप दिने उनले बताइन् ।
त्यस्तै महिलाको आर्थिक अधिकारको कुरालाई घरदैलो अभियानका रूपमा लिएर जानुपर्नेमा जोड दिइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया