'इन्डियाएआई मिसन' के हो ?

काठमाडौँ- भारत सरकारले बिहीबार राष्ट्रियस्तरको 'इन्डियाएआई मिसन' को घोषणा गर्यो ।
इन्डियाएआई मिसनका लागि भारत सरकारले १० हजार ३ सय ७१ करोड भारतीय रुपैयाँको बजेट छुट्याएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतको इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयले एक विज्ञप्तिमार्फत सो परियोजनाले देशको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीलाई सुदृढ पार्ने दिशामा एउटा ‘महत्वपूर्ण कदम’ भएको दाबी गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक र नवीनताका लागि एक ऐतिहासिक दिन भएको बताउँदै उनले परियोजनाका लागि मन्त्रिपरिषद्को स्वीकृतिले एआई स्टार्टअपहरूलाई सशक्त बनाउने र कम्प्युट इन्फ्रास्ट्रक्चरमा पहुँच विस्तार गर्ने, एआईमा भारतलाई विश्वव्यापी नेता बन्ने भारतको यात्रामा ठूलो कदम भएको जनाए ।
इन्डियाएआई मिसनमा इन्डियाएआई कम्प्युटर क्यापासिटी, इन्डियाएआई इनोभेसन सेन्टर, इन्डियाएआई डाटासेट प्लेटफर्म, इन्डियाएआई एप्लिकेसन डेभलपमेन्ट इनिसियटिभ, इन्डियाएआई फ्यूचरस्किल्स, इन्डियाएआई स्टार्टअप फाइनान्सिङ, र सेफ एन्ड ट्रस्टेड एआई समावेश गरिएका छन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया