गृहमन्त्री रविले भने : चेक लिस्टसहित आएका छौं, 'कम्प्रोमाइज' हुन्न
काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन् । मन्त्री भएको पर्सिपल्ट शुक्रबार पहिलोपटक सामाजिक सञ्जालमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको जानकारी गराएका हुन् ।
शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन्। 'चेक लिस्ट' सहित आएका छौँ। 'कम्प्रोमाइज' हुन्न। केही समय “होम वर्क“ मा रहनेछौँ।’ गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन् ।
यसअघि पुस १० गते भएको सत्ता समीकरणमा हालकै पदमा ४२ दिन रहँदा लामिछानेले गृह मन्त्रालयबाट डेलिभरी दिनेगरी काम सुरु गरेको दाबी गरेका थिए। गृहमन्त्रीको पदभार ग्रहण गर्ने क्रममा अस्ति उनले आफू थप निखारिएर पदमा पुर्नवहाली भएको बताएका थिए ।

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षा कोषले श्रमिक र तिनका परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

प्रतिक्रिया