बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

प्रदर्शनी क्रिकेट खेलमा नेपाल ब्ल्यूको जित

काठमाडौँ- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार महिला क्रिकेटरका लागि प्रदर्शनी क्रिकेट खेलमा आयोजना गरेको छ ।

काठमाडौँको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल रेडमाथि नेपाल ब्ल्यूले ५ विकेटको जित दर्ता गरेको हो ।

जितका लागि १ सय २१ रनको लक्ष्य नेपाल ब्ल्यूले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाल ब्ल्यूको जितमा कविता जोशीले अविजित ५९ रन तथा रुवि पोदारले ४५ रन जोडे । नेपाल रेडका लागि राजमती ऐरीले २ तथा सोनी पाख्रिनले १ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल रेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो ।

नेपाल रेडका लागि काजल श्रेष्ठले ५६ रन तथा सोनी पाख्रिनले २७ रन जोडे । नेपाल ब्ल्यूका लागि खुसी डंगोल र संस्कृति फुयालले २-२ विकेट हात पारे ।