भन्सार छलेर भित्र्याइएका सामान सिरहा प्रहरीद्वारा बरामद

काठमाडौँ- सिरहामा प्रहरीले भन्सार छली ल्याएका विभिन्न सामानहरू बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट कुल २ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिए ।
बिहीबार अर्नमा गाउँपालिका ५ मा गस्तीमा रहेका प्रहरीलाई देखी सामान र तीन वटा मोटरसाइकल छोडी केही व्यक्तिहरू फरार भएका थिए । मोटरसाइकल र बरामद गरिएको सामान माडर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, औरही गाउँपालिका १ मा चोरी निकासी गरि ल्याइएको ११५ थान सारी ६० हजार रुपैयाँ बराबरको बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ भन्सार छली मोटरसाइकलमा बोकी ल्याउँदै गरेको दुई बोरा मैदा, कबिर खैनी ३० प्याकेट बरामद गरेको र बरामद गरिएको सबै माडर भन्सार कार्यालयमा बुझाएको प्रहरीले बताएको छ ।

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया