'महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्छ'

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका साथै राष्ट्र निर्माणमा उनीहरूलाई अग्रसर हुने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।
समाजमा विद्यमान सबै प्रकारका भेदभावको अन्त्यगरी जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा उनले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरी देशमा सामाजिक रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले देशमा विभिन्न समयमा भएका जनआन्दोलनमा महिला वर्गको सहभागिता र योगदानबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उनीहरुलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विज्ञप्तिमा भनेका छन्।
आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया