पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ- हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ ।
शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।
आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेको छ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारतलगायतका देशहरूबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

प्रतिक्रिया