सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताएका छन् ।
उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । २६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताएका छन् ।
सन्देशमा उनले भनेका छन्– आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय शान्ति, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, खेलकूद तथा विकास निर्माण, निर्वाचन सुरक्षालगायतका क्षेत्रमा नेपालीसेनाले आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…

खेलमार्फत निरोगी नेपाल निर्माण गर्ने सपनालाई साकार पार्न सरकार तयार छः प्रधा…

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

प्रतिक्रिया