तारकेश्वर र टोखालाई जोड्न विष्णुमतीमा पक्की पुल निर्माण हुने
काठमाडौँ- काठमाडौँको टोखा नगरपालिका र तारकेश्वर नगरपालिका जोड्न विष्णुमती नदीमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण हुने भएको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको ५०-५० प्रतिशत लगानीमा टोखा नगरपालिका-९ र तारकेश्वर नगरपालिका-११ जोड्ने विष्णुमती नदीमा पुल निर्माण हुन लागेको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक दुवै नगरपालिकाको रु दुई करोड ६८ लाख ३५ हजार पाँच सयको लागतमा निर्माण हुन लागेको उक्त मोटरेबल पुलको आज टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संयुक्त रूपमा शिलान्यास गरे ।
टोखा नगरपालिकाका प्रमुख अधिकारीले निर्माण गर्न लागिएको पुलले टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने बताए । तारकेश्वर नगरपालिकाका प्रमुख महर्जनले मोटरेबल पुल निर्माणसँगै तारकेश्वर र टोखाका बासिन्दालाई आवतजावतमा सहयोग पुग्ने बताए । उक्त मोटरेबल पुलले काठमाडौँ महानगरपालिका-१६ का बासिन्दा पनि लाभान्वित हुनेछन् ।
टोखा नगरपालिका-९ का वडाध्यक्ष रामभक्त घिमिरेले २०२२ साल पछिको सबैभन्दा पुरानो बाटोमा पुल निर्माण गर्न पाउँदा खुशी लागेको बताए । पुल आगामी मङ्सिरभित्र निर्माण भएर सञ्चालन भइसक्ने उनले दाबी गरेका छन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया