झापा गोल्डकप : एन्फा मकवानपुरलाई हराउँदै झापा-११ सेमिफाइनलमा

झापा- विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा झापा-११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५-१ गोल अन्तरले हराउँदै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेल प्रारम्भ भएको २४ औँ मिनेटमा आदित्य शाक्यले पहिलो गोल गरेर झापालाई अग्रता दिलाए भने खेलको ६६ औँ मिनेटमा अर्को गोल थपियो । खेलको ८३ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले तेस्रो गोल गरे ।
यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरेका थिए । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरेका हुन् । झापाका लागि शाक्य, विदेशी खेलाडी हेरिसन, बुढाथोकी, बोहोरा र चापागाईंले एक-एक गोल गरेका हुन् ।
खेलमा मकवानपुरले सान्त्वना एक गोल फर्कायो । खेलको ७९ औँ मिनेटमा मकवानपुरका ओस्कारले गोल गरे । अब पर्सी शनिबार झापा-११ चर्चब्वाइजसँग भिड्नेछ । आजको खेलमा समिराज थोकर म्यान अफ द म्याच भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।
भोलिको खेल झापा गोल्डकप चारपटक जितेको त्रिभुवन आर्मी र एपीएफ फुटबल क्लबबीच हुनेछ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया