मिटरब्याज पीडितको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यबद्धता

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार काठमाडौँको भृकुटीमण्डपमा पुगेर भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका हुन् । भृकुटीमण्डपबाट र्यालीसहित भद्रकाली पुगेका भट्टराईले गरिब निमुखाहरूलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कब्जा गर्ने क्रम रोकिनुपर्ने बताए । उनले आफ्नो समस्या समाधानका लागि काठमाडौँ आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने जिकिर गरे ।
भट्टराईले माग पूरा हुन नसके मिटरब्याज पीडित लगायतले नयाँ विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने जिकिर गरे ।
सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया