काँग्रेसले भन्यो - प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काए

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले काँग्रेसलाई विश्वासघात गरेको र गठबन्धन भत्काएको आरोप लगाए ।
उनले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं । तदअनुसार नै काम गरौं । प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’
काँग्रेसले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गरेको छ । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । यसबारे सभामुखलाई जानकारी गराउने लेखकले जानकारी दिए ।
अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार कांग्रेस सरकारबाट बाहिरिएको थियो ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया