कामना सेवाद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

काठमाडौँ - कामना सेवा विकास बैंकले वि.सं.२०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।
बैंकको क्यालेन्डरमा राखिएका तालहरूको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
नेपाल खपंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरू तथा वेबसाइट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।उक्तक्यालेन्डरमा नेपालपंचाङ्ग निर्णायकविकास समितिले निर्णय गरेका विभिन्न तिथिहरु समेत समावेश गरिएको छ ।
डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया