नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं - पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रिमण्डलमा आज थप १६ जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । साँझ ५ बजेका लागि राखिएकाे शपथ ग्रहण कार्यक्रम ढिला सुरु भएकाे थियाे ।
नेकपा एमालेका ७, माओवादीका ४, राष्ट्रिय स्वतन्त्र पार्टीका ३ र नेकपा एकीकृत समाजवादीका २ जनाले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रचण्ड सरकारमा रहने १९ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनीयताको सपथ लिइसकेका छन ।
यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन ।
प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड
नेकपा एमालेका मन्त्रीहरूः
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि तथा सहकारी
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादीका मन्त्रीहरू
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सुचना तथा सञ्चार
हितबहादुर तामाङ, संस्कृति तथा पर्यटन
रास्वपाका मन्त्रीहरू
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम तथा रोजगार
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा तथा विज्ञान
एकीकृत समाजवादी
भानुभक्त जोशी - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
धनबहादुर बुढा- शहरी विकास मन्त्रालय

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने

काठमाडौं-तराई-मधेस द्रुतमार्गको सुरु विन्दु डुकुछाप सार्न प्रधानमन्त्रीलाई सुझाव

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने ( मन्त्रिपरिषदकाे निर्णयहरू यस्ता…
_EklubksRQJ_gxrk2xqrtvnh8svsoo9bxlhdxtv3xjldqjhk0zr5bm8wcjfwgm4bfnbfmwb4_TG5bVoIQGy_dofrvxr3amqjtpglw8phjyxhvivqvkrvcc65hdyogftgnq9obdq9z2eliuib.jpg)
राष्ट्रपतिबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

प्रतिक्रिया