विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

वासिङ्टन - संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ ।
“केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौं,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसको एक कार्यक्रममा भने । ।
जर्मनी र बेलायतले महामारीपछि बन्द भएका प्योङयाङमा रहेका र महामारीपछि बन्द भएका आफ्ना दूतावासहरू निरीक्षण गर्न छुट्टाछुट्टै टोली पठाएका थिए । दुबै देशका प्रतिनिधिले उत्तर कोरिया फर्कन सकिने बताएका थिए ।
पाकले भने, “विशेष गरी मानवीय सहयोगका लागि अनुमति दिन हामीले उत्तर कोरियालाई आफ्नो सीमा थप खुला गर्न आग्रह गर्नेछौं ।”
मानवीय समूहसँग काम गर्ने ‘वास्तवमै असल मानिस’ उत्तर कोरियामा रहेको र उनीहरू राजनीतिसँग नजोडिएको उनले बताए ।
उनले भने, “हामी यो सुनिश्चित गर्न चाहन्छौं कि बालबालिकालाई खोप लगाइयोस्, स्वास्थ्य प्रणाली व्यवस्थित होस् ।”
क्षेप्यास्त्र परीक्षण स्थगित गर्न र राष्ट्रपति जो बाइडेनको प्रशासनले वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेको उत्तर कोरियासँग अमेरिकाको उच्च तनाव रहेको छ ।
उत्तर कोरियाले यसै सातादेखि सुरु हुने ठूलो सैन्य अभ्यासका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले ‘महँगो मूल्य’ चुकाउनु पर्ने बताएको छ ।
पाकले आणविक हतियार परीक्षण गरेको किम जोङ उनको राज्यप्रति आफ्नो कुनै शत्रुतापूर्ण मनसाय नरहेको अमेरिकी अडान दोहोर्याएका छन् ।
दक्षिण कोरियासँगको आफ्नो सैन्य सहकार्यबारे बोल्दै उनले भने, “अमेरिका र दक्षिण कोरियाबीचको अभ्यास विशुद्ध रक्षात्मक छ र यो यस क्षेत्रमा भइरहेको खतराको प्रतिक्रियास्वरुप हो ।”

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया