नयाँ सरकारलाई अर्थमन्त्री आजै नियुक्ति गर्नुपर्ने बाध्यता

काठमाडौँ- नयाँ सरकारलाई आजै अर्थमन्त्री नियुक्ति गर्नुपर्ने बाध्यता रहेको छ । बैठकमा आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुने पूर्व कार्यसूची अनुसार अर्थमन्त्री आजै नियुक्ति गर्नुपर्ने बाध्यता भएको हो ।
प्रतिनिधिसभाको बैठक बिहीबार (भोलि) बिहान ११ बजे बस्दैछ । उक्त छलफलमा सांसदको धारणा अर्थमन्त्रीले सुन्नुपर्ने हुन्छ । त्यसकारण अरू नभए पनि अर्थमन्त्री सरकारले आजै नियुक्ति गर्नुपर्ने बाध्यता छ ।
त्यस्तै अर्थमन्त्री नियुक्ति गर्न नसके भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्नुपर्ने हुन्छ । फागुन २१ गते पनि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
त्यसोत सत्ता गठबन्धनका दलहरू सहमति जुटाएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मन्त्रालय भागबण्डा गर्न बनाइएको कार्यदलले सिफारिस गर्ने र आजै टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।
कार्यदलले सिफारिस गरेपछि आजै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले इकागजलाई जानकारी दिए । ति नेताका अनुसार शीर्ष नेताहरूको बैठकको समय भने तोकिएको छैन् । कार्यदलको बैठक आजै साढे ११ बजेदेखि बस्दैछ ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया