शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

बागमतीमा कांग्रेसका मन्त्रीहरूले सामुहिक राजीनामा दिने

काठमाडौँ- बागमती प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले सामुहिक राजीनामा दिने भएका छन् । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले आजै सामुहिक राजीनामा दिने भएका हुन् ।

राजीनामाबारे कांग्रेसले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग छलफल गरेका थिए । छलफलपछि सामुहिक राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको हो ।

बागमती सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका छन् । बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री, रामकृष्ण चित्रकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री, तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्री, मसिना खड्का वन तथा वातावरण मन्त्री, पुकर महर्जन संस्कृति पर्यटन तथा सहकारी मन्त्री छन् ।