२.२५ र १.५ लिटर कोका-कोला किन्दा २५० मिलिलिटर निःशुल्क

काठमाडौँ- पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरि अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।
कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन् “कोका–कोला सँधै आफ्ना उपभोक्ताहरूको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरूको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विस्वास छ ।”
यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सँधै उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरू ल्याउँदै आइरहेको छ ।
अफरमार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया