नेपाल हेभि ईक्युप्मेन्ट व्यवसायी संघको अध्यक्षमा कुँवर निर्वाचित

काठमाडौँ- नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौँको अध्यक्षमा मेजर शम्शेर कुँवर ( महेश) निर्वाचित भएका छन् । सोमबार संघको नवौँ साधारण सभा तथा पाँचौ अधिवेशनले कुँवरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचित भएपछि अध्यक्ष कुँवरले आर्थिक मन्दीका कारण व्यवसायीहरू समस्यामा परेकाले उनीहरूको समस्या सुनेर समाधान गर्ने बताए ।
उपाध्यक्षमा दानबहादुर बोगटी र अरुण शर्मा निर्वाचित भएका छन् । सचिवमा ताराबहादुर कटुवाल, सह-सचिवमा नेत्रबहादुर अधिकारी, कोषाध्यक्षमा खेमराज आचार्य र सह कोषाध्यक्ष शालिकराम श्रेष्ठ निर्वाचित भएका हुन् ।
त्यसैगरी, सदस्यमा खड्गबहादुर कार्की, उजिस पोख्रेल, अकुरराज गिरी, शालीकराम अधिकारी, सन्तोष श्रेष्ठ, श्यामकृष्ण खड्गी, रामहरि रिमाल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् ।
संघको सल्लाहकार सदस्यमा डाक्टर तारा बहादुर कुँवर, यादवलाल श्रेष्ठ र सुनिल थापा छन् ।
यसअघि संघमा उत्तमराज बिष्ट अध्यक्ष थिए । उनले कार्यसमितिको कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गरेका हुन् ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

प्रतिक्रिया