नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’ मा सृष्टीसँग जोडी बाँध्दै

काठमाडौँ- अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।
नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृप्ट पूजा गर्दै नयाँ फिल्म 'केटी हराएको सूचना' घोषणा गरिएको हो ।
यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छिन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।
ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलिसिरियल 'उजेली' निर्देशन गरेका थिए ।
'केटी हराएको सूचना' मा नकिम उद्दिमको लगानी रहेको छ ।
अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबारदेखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।
दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया