प्रतिनिधिसभा बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले 'महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.व. २०७९/८०' पेश गर्ने कार्यसूची रहेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया