विश्व टीभी बजारमा लगातार ११ वर्षसम्म एलजीको ओएलइडी टिभीको प्रभुत्व कायम

काठमाडौँ- सधैं बदलिरहने घरेलु मनोरञ्जनको दुनियाँमा एलजी विश्व टीभी बजारमा आफ्नो अविश्वसनीय योगदान गरी निरपेक्ष लिडर बनेको छ । एलजीले ११ वर्षसम्म अविरल ओएलइडी टीभी बजारको लिडर बनेर कम्पनीले नवीनता र उत्कृष्टतामा प्रतिबद्ध रही आफूलाई अरूभन्दा अलग प्रमाणित गरेको छ ।
बजार अनुसन्धान कम्पनी ओएमडीआइएका अनुसार एलजीले गत वर्ष विश्व ओएलइडी बजारमा ३ मिलियन ओएलइडी टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ । शिपमेन्टका आधारमा विश्व ओएलइडी टीभी बजारमा ५३ प्रतिशतको प्रभावशाली शेयर हासिल गरी एलजीले आफ्नो प्रमुख स्थानलाई कडा मेहनतद्वारा निर्विवादित रूपमा धारण गरेको छ ।
प्रीमियम अल्ट्रा-लार्ज टेलिभिजनको माग तेजीले बढ्दै गइरहेको कारण एलजीले आफ्ना ओएलइडी टेलिभिजन लाइनअपलाई व्यापक रेञ्जका वायरलेस ओएलइडी टेलिभिजन मोडेलहरूसहित विस्तार गर्दैछ, जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत AI प्रोसेसरहरू, α(अल्फा) 11 AI प्रोसेसर पनि समाविष्ट रहने छन् । एलजीको नवीनतम् ओएलइडी टेलिभिजनहरूले webOS Smart टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह-मनोरञ्जन अनुभव प्रदान गर्नेछ ।
ग्लोबल टीभी बजारको शिपमेन्ट पछिल्लो वर्ष कुलमा २०१ मिलियनभन्दा बढी थियो, जुन पूर्व वर्षको तुलनामा थोरै कम हो । एलसीडी टीभीको शिपमेन्ट पछिल्लो दुई वर्ष लगातार २०० मिलियन युनिटभन्दा कम रहेको थियो, जबकि ओएलइडी टीभीको शिपमेन्ट एलजीसहित ५.६ मिलियन पुगेको छ ।
एलजीले नेपालमा पनि विगत ३५ वर्षदेखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि AI सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया