नेपालको बैंकहरू सुरक्षित छन् : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरू सुरक्षित रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले बैंकहरूलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरू सुरक्षित रहेको बताएका हुन् ।
उनले नेपालका बैंकहरूको अवस्थालाई हेरेर नै विदेशी बैंकहरूले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरू बजारमा चलाइएकाले ऋण असुलीमा केही समस्या देखिएको जिकिर गरे ।
अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै उनले अराजकतालाई रोक्न नसके सोचेअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताए । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउन धाराप्रवाह रूपमा आक्रमण भइरहेको भन्दै यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।
गभर्नर अधिकारीले अहिले बैंकसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराब कर्जा ३ दशमलव ४० प्रतिशत पुगेको जानकारी दिए ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया