विद्यालय शिक्षा विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव, छलफलमा एक जनामात्र उपस्थित

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आइतबार एक जना मात्र संशोधनकर्ता सहभागी भएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव दर्ता भएको छ ।
आइतबारको बैठकमा १० संशोधनकर्तालाई बोलाइए पनि एक जना मात्र छलफलमा सहभागी भएका हुन् । छलफलमा सहभागी भएका संशोधनकर्ता सांसद अम्बरबहादुर थापाले विधेयकमा घरपायक सरुवाको व्यवस्था गर्न नहुने र विद्यालयमा राजनीतिक संघसंगठनको व्यवस्था पनि राख्न नहुने बताए ।
उक्त विधेयकमा रहेका १६३ दफामा १५२ सरोकारवालाका संशोधन प्रस्ताव दर्ता भएका छन् ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया