भीपीएन प्रयोग गरी फेसबुकबाट नाबालिकाको चरित्रहत्या गर्ने युवक ठमेलबाट पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालमा फेक आईडी बनाइ नाबालिकाको चरित्रहत्या गर्ने एक जना युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक साँगाचोकगढी-६ घर भएका हाल काठमाडौँ महानगरपालिका-२६ मा बस्ने सुमन खत्रीलाई ठमेलबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गर्न जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
खत्रीले नाबालिकाको फोटो डाउनलोड गरी फेक आईडी बनाइ फेसबुक चलाउने गरेका थिए । साथै उनले भिडियो र अश्लील कुराहरू लेखेर पोष्ट गरी नाबालिकाको दिदी र साथीलाई पठाउने गर्थे ।
अश्लील फोटो पठाइ नाबालिकाको चरित्रहत्या गरेपछि काकाले ब्यूरोमा उजुरी दिएको ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए । ‘खत्रीले आफ्नो परिचय लुकाउन भीपीएनको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्थे,’ प्रवक्ता अवस्थीले भने ।

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

प्रतिक्रिया