सामाजिक सञ्जालबाट सामान देखाएर ५० लाख ठगी गर्ने ४ युवक पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर करिब ५० लाख ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह छन् ।
त्यसैगरी, बारा कलैया उपमहानगर ११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम र पर्सा विरगंग १५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सामाजिक सञ्जाल फेसबुक, इमो भाइबर, टिकटक र इन्स्टाग्राम लगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले अमेरिका लगायत देशहरूबाट पार्सल स्वरुप सुनका गरगहना, जुत्ता, औँठी, कपडा लगायतका सामान पठाइदिन्छौ भनेर भन्सार शुल्क, डेलिभरी चार्ज जस्तो प्रयोजनका लागि पैसा उठाउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ७ वटा मोबाइल, १६ वटा सीमकार्ड, एटिएम २९ वटा, विभिन्न बैंक खातामा रकम डिपोजिट गरेका रसिद १६ वटा, चेक ४, राहदानी सावरी, चालक अनुमति पत्र र नागरिकता ४ थान पनि बरामद गरेको छ ।

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

प्रतिक्रिया