भक्तपुरको भट्टीमा जुराएको भेटले हत्यासम्म पुर्यायो
'श्रीमान अपहरणमा परे दुई लाख ल्याउनू'

काठमाडौँ- कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा संलग्न देखिएकाले सुवाललाई पक्राउ गरिएको हो ।
सूर्यविनायक जङ्गलमा रु दुई लाख लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ढकालको शव गत फागुन ११ गते सूर्यविनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।
सुवाल र ढकालको लामो समयदेखि चिनजान थिएन । पहिलोपटक भेट भक्तपुरकै भट्टी पसलमा भएको थियो । दुवै जनाले एकै ठाउँमा रक्सी सेवन गरेका थिए । रक्सीले लठ्ठ भएका ढकाल सुवालको घरमा गए ।
सुवालले ढकालकै मोबाइलबाट श्रीमतीलाई फोन गरेर श्रीमान अपहरणमा परेको जानकारी दिए । उनको श्रीमतीले तत्कालै भक्तपुर प्रहरीकोमा उजुरी दिइन । उनको नम्बर खोजी कार्य र लोकेशन ट्रयाक सुरु गर्यो प्रहरीले तत्कालै प्रहरीले पत्ता लगाउन सकेन ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार ढकालले सुवालको श्रीमतीलाई जिस्काएको तथा अनैतिक व्यवहार गर्नु नै मृत्युको मुख्य कारण रहेको छ । सुवालले ढकाललाई इट्टा र ढुंगाले हानी हत्या गरेका थिए ।
सुवालसँग मृतकको भीभो मोबाइल र सिसिटीभी फुटेजमा जेखिएको ज्याकेटसमेत फेला परेको थियो ।
सुवाललाई भने प्रहरीले पटक-पटक पक्राउ गरिसकेको छ । यसअघि पनि उनी चोरीसम्बन्धी कसुरमा कारागार चलान भइसकेका थिए । त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरमा अभद्र व्यवहारमा उनी पक्राउ परिसकेका थिए ।
सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो । मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

प्रतिक्रिया