चुनावको चिन्ता नलिई काममा केन्द्रित हुन जरुरी : महामन्त्री शर्मा
टक्सार (भोजपुर)- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताएका छन् । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा आज उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’ बाट मुलुकमा केही पनि कायापलट नहुने भन्दै त्यसले कांग्रेसलाई कुनै असर नगर्ने स्पष्ट पारे ।
'लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो,' उनले भने ।
उनले राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको बताए ।
'अरुले के गरेभन्दा पनि संयमतापूर्वक कांग्रेस अगाडि बढ्न आवश्यक रहेको छ,' महामन्त्री शर्माले भने, 'नयाँ आएका ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमति बाजाको छुट्टै महत्व छ ।'
शर्माले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकसम्म सांसद भएको व्यक्तिलाई पुनः सोही पदको अवसर नदिने नीति ल्याउन सकिएमा पद्धतिको विकासमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया