केही नलागेपछि सत्ता हस्तान्तरणमा सहज बन्दै ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहज ढंगले सत्ता हस्तान्तरण गर्दैनन् भन्ने विषयको अन्त्य भएको छ । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई उनले सहजै सत्ता हस्तान्तरण गर्ने प्रायः निश्चित भएको छ । हुन पनि अमेरिकी स्थायी संयन्त्रले उनले सत्ता हस्तान्तरणमा तलमाथि गरेको खण्डमा अप्रिय निर्णय लिनपर्ने हुन्थ्यो ।
राष्ट्रपति ट्रम्पले संक्रमणकालीन टीमसँग सहकार्यको संकेतले त्यो प्रमाणित भएको हो । उनको सबै विकल्प बन्द भएपछि सजिलै सत्ता छोड्न लागेका हुन् । रिपब्लिकन पार्टीले नै ट्रम्पलाई सहकार्य गर्न निर्देशन दिंदै जटिल अवस्थामा राष्ट्रपतिमा निर्वाचित बाइडनको टिमसँग सहकार्य गर्न दबाब दिएको छ ।
यद्यपि राष्ट्रपति ट्रम्पले औपचारिक रूपमा हार स्वीकार गरेका छैनन् । मिसिगनमा बाइडनलाई जितको प्रमाणपत्र दिएपछि ट्रम्प आतालिएका हुन् । तर, उनले चुनावी परिणामविरुध्द आफ्नो कानुनी लडाइँ जारी राख्ने बताएका छन् । अमेरिकाको सामान्य प्रशासन सेवा (जीएसए) ले पनि बाइडनलाई ‘स्पष्ट विजेता’ मानिसकेको छ ।
उक्त सेवाले बाइडनको संक्रमणकालीन टिमलाई सहकार्य गर्ने जनाए लगत्तै ट्रम्पको प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पद्वारा नियुक्त सेवा प्रमुख इमिली मर्फीले बाइडनको टिमका लागि ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनलाई अन्य समस्या नभए पनि धम्की आएको तर उनी कानुनी प्रावधानबाट बाहिर गएर काम नगर्ने हुनाले धम्कीको कुनै अर्थ नरहने जानकारी दिएकी अमेरिकी संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।
‘जीएसएले सुरुवाती प्रोटोकलअनुसार जे गर्नुपर्ने हो त्यो गर्नु पर्नेछ,’ ट्रम्पले सामजिक संजालमा लेखेका छन् । उनले टीमलाई पनि त्यस्तै सन्देश दिएका छन् । उनको उक्त कार्यलाई बाइडन टिमले स्वागत गरेको छ । बाइडन आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्नेछन् ।
बाइडनको टीम बन्दै
बाइडन यतिबेला धुमिल अमेरिकालाई उकास्न आफ्नो अब्बल टीमको तयारीमा छन् । उनले पूर्वविदेशमन्त्री जोन केरीलाई जलवायुसम्बन्धी विशेष दूत बनाउने छन् । पेरिस सम्झौतामा हस्ताक्षर गर्ने व्यक्तिलाई त्यसमा संलग्न गराएर ट्रम्पले लिएको नीतिलाई चुनौती दिने भएका हुन् । उनले आफ्नै सल्लाहकार एन्टोनी ब्लिंकेन (अन्तराष्ट्रिय मामिलाका ज्ञाता र बहुपक्षीताको पक्षधर) लाई आफ्नो विदेशमन्त्रीका रुपमा ल्याएका छन् ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख जेनट यलनलाई अर्थमन्त्रीको रूपमा छनौट गरेका छन् । उनी मुलुकको पहिलो महिला अर्थमन्त्री बन्नेछिन । समाचार संस्थाहरूले राष्ट्रपति निर्वाचित जो बाइडनले ७४ वर्षीय अर्थशास्त्रीलाई अर्थमन्त्री नियुक्त गर्न लागेको जनाएका छन् । उनी महँगी र बेरोजगारीबीच विपरीत सम्बन्ध हुन्छ भन्ने केन्सियन विचार राख्ने अर्थशास्त्री हुन् ।
उनले जेक सुलिभानलाई राष्ट्रिय सुरक्षा सल्लाहकार, लिन्डा थोमस ग्रीनफिल्डलाई राष्ट्रसंघका लागि अमेरिकी दूत, एभ्रिल हेन्सलाई नेसनल इन्टेलिजेन्स डाइरेक्टरलगायत छनौट गरिसकेको संचारमाध्यमहरूले जनाएका छन् ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया