भूकम्पले ढालेको हिटीपोखरीको गरुढ मूर्ति पुनरुत्थापित
हिटीसँगै रहेको फल्चा बनाउने योजनामा वडा

काठमाडौँ- २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ ।
'भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्कियो । यसले मूर्ति ढालेको थियो । मूर्ति पुनरुस्थापित भयो । अब फल्चा पुनःनिर्माण गराउँछौँ' वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनःस्थापना हाम्रो प्राथमिक काम हो ।’
'मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको छ' वडा सदस्य शुभरत्न खड्गी भन्छन्, ‘काम ठूलो त होइन तर महत्व ठूलो छ ।’

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया