कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन

काठमाडौँ - महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउँदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले महानगरले आफुहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने उनीहरुको माग छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया