अफ्रिकी राष्ट्र चाडमा विपक्षी नेताको गोली हानी गरियो हत्या

काठमाडौँ- अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको गोली हानाहानमा मारिएका छन् ।
राज्य अभियोजक ओमर महमत केडेलायेले एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
‘सो क्रममा राजधानी एनुजामेनामा डिल्लोको पार्टीको मुख्यालय नजिकै भारी बन्दुकको आवाज सुनिएको थियो, त्यसैमा उनी मारिए, ’ एक प्रत्यक्षदर्शीले भने । उनका अनुसार नेशनल सेक्युरिटी एजेन्सीको भवन नजिकै यसअघि भएको झडपमा धेरै व्यक्तिको मृत्यु भए पछि गोली हानाहान भएको थियो ।
‘उनले आत्मसमर्पण गर्न चाहेनन र उल्टै सुरक्षा अधिकारी माथी गोली हाने,’ चाडका सञ्चार मन्त्री अब्दरमान कौलामल्लाहले भने ।
बिहीबार राजधानीमा ठूलो मात्रामा सेनाको उपस्थिति थियो र राष्ट्रपति भवनमा प्रवेश निषेध गरिएको थियो। इन्टरनेट पहुँच, जुन एक दिन पहिले अवरुद्ध थियो, अझै पनि पुनर्स्थापित भएको छैन ।
सैन्य अधिकारीहरूले सत्ता कब्जा गरेको तीन वर्षपछि मध्य अफ्रिकी राज्यलाई संवैधानिक शासनमा फर्काउनका लागि मे र जुनमा हुने राष्ट्रपतिको चुनाव अघि तनावको बीचमा हिंसा भड्किएको हो ।

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया