प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले ‘विमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति मागेर बैठकमा प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन विधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया