जाेर्डनविरुद्ध नेपाललाई १-० काे अग्रता

काठमाडौं - पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ ।
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।
उता, प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया