सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

छिमेकी मुलुकसँगको सम्बन्ध सधैं प्राथमिकतामा छ : परराष्ट्रमन्त्री

फाइल फोटो

काठमाडौँ - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र सम्मानका आधारमा छिमेकीहरूसँग मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताएका छन् । 

नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले नेपालको परराष्ट्र नीति नेपालको संविधान, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा सञ्चालित रहेको उल्लेख गरे । 

उनले भने,  “शान्ति र अहिंसाका प्रवर्तक बुद्धको जन्मभूमि नेपालले विश्व शान्तिको मान्यतालाई आफ्नो परराष्ट्र नीतिको आधारभूत आधार मानेको छ । कुनै पनि विवादलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ ।” 

सो अवसरमा मन्त्री साउदले परिषद्ले विश्व मामिला र परराष्ट्र नीतिका विषयमा गुणस्तरीय प्रवचन र समृद्ध विचारविमर्शको परम्परालाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिए । परिषद्का अध्यक्ष हेमन्त खरेलले संस्थाका गतिविधिबारे जानकारी गराउँदै परिषद्ले विगतदेखि नै विषयविज्ञ, प्राज्ञ, व्यावसायिकविज्ञ, राजनीतिज्ञ र कूटनीतिज्ञहरूबीच अन्तरक्रिया, बहस, छलफलका लागि मञ्च प्रदान गर्दै आएको उल्लेख गरे । 

उनले यसले नेपालको नीति निर्माण प्रक्रियाको गुणस्तर र प्रभावकारिता बढाउनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । विकासका लागि साझेदारी विश्वव्यापी क्षेत्रको प्रमुख एजेन्डा भएको बताउँदै अध्यक्ष खरेलले नेपाल सरकार र विकास साझेदारहरूसँगको सामाजिक–आर्थिक सहयोगलगायत अन्तरराष्ट्रिय सम्बन्धलाई प्रवद्र्धन र सुदृढ बनाउने सम्बन्ध परिषद् अग्रणी संस्था भएको उल्लेख गरे । रासस

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता