बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा

फाइल फोटो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ।​

मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो। उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ। 

गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए।