वर्ल्ड कार अवार्ड २०२४ मा बिवाइडी 'टप थ्री'मा
काठमाडौं - वर्ल्ड कार अवार्ड २०२४ मा बिवाइडी टप ३ मा परेको छ। २६ फेब्रुअरीमा जेनेभा मोटर शोमा गरिएको वर्ल्ड कार अवार्ड २०२४ का शीर्ष तीन प्रतियोगीहरूको घोषणाअनुसार बिवाइडी टप ३ मा परेको हो। बिवाइडीको मोडल बिवाइडी सिलले 'वर्ल्ड कार अफ द इयर' र बिवाइडी डल्फिनले 'वर्ल्ड अरबन कार' श्रेणीहरूमा टप ३ स्थान हासिल गरेको हो।
यससँगै बिवाइडीले वर्ल्ड कार अवार्ड' श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एकमात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको कम्पनीले दाबी गरेको छ। विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएको 'वर्ल्ड कार अवार्ड', 'युरोपीयन कार अफ द इयर', र 'नर्थ अमेरिकन कार अफ द इयर" अत्यधिक रुपमा चर्चित छन्। 'विश्वमा अटोमोटिभ ओस्कर' को नाममा प्रसिद्ध 'वर्ल्ड कार अवार्ड' विश्वभरको अटोमोटिभ उद्योगमा धेरै चर्चित कार्यक्रमका रुपमा लिइन्छ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

प्रतिक्रिया