टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ- जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि शुरु हुनेछ ।
जारी सिरिजमा नामिबिया र नेदरल्याण्ड्सले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।
आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।
सिरिजको बाँकी खेल तालिका
- नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन १७ गते बिहीबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १९ गते शनिबार ।
- नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया