प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब ऋण सित्तैमा दिलाए

काठमाडौँ- प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ ।
सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो ।
न्यौपानेसहित १० जनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
तत्कालीन सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई ऋण दिलाएका थिए ।
सेन्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो ।
देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन् । उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता पाएको थियो ।
चौलागाईं समेतको लगानी रहेका चार वटा कम्पनीमा सेन्चुरी बैंकले ऋण प्रवाह गरेको थियो । ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी रहेका छन् ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेन्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो ।
धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको देखिएको छ ।
चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्ब बढी रकम ठगी गरेको पाइएको छ ।
चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको छ ।
उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ ।
बोगटीका अनुसार उनले खरिद गरेको तिनैमध्येको जग्गाहरू धितो राखेर सेन्चुरी बैंकबाट ऋण लिएका थिए ।
ऋण लिने क्रममा सिइओसँगै मिलेमतो गरेर करिब एक अर्ब रुपैयाँ धितोभन्दा बढी हात पारेको देखिएको छ ।
‘त्यसरी लिएको रकम चौलागाईंले विभिन्न कम्पनी स्थापना गर्न खर्च गरेको देखिएको छ,’ बोगटीले भने ।
वीरगन्ज महानगरपालिका-५ घर भई हाल ललितपुर-१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन् ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_SK3keoOq7I_gl81bz6tiwoybb3kf5zow0jjwx3soxkgzjseyewyqyzc2wnrqxd5cs8znpli.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_OQjsp5SGrQ_m8pdfykfxeabadl8qozbh2lw7odzuezwgnnsrau0am4uyb8najuwrjbhs9tt.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया