'राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्छ'
काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरुले जोड दिएका हुन् । माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकाशं स्थायी कमिटि सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यसबिषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।
बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका बिषयमा पनि सदस्यहरुले चासो राखेको उनले बताए । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ ।
स्थायी कमिटीमा नेताहरुको कार्यविभाजन, पार्टीको अभियानको समिक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया