वाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिड्दै

काठमाडौँ- साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।
आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुनेछ ।
जोर्डन समुह 'ए' मा तीनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह 'बी'मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेवनान खेल्दैछन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०:४५ बजेदेखि शुरु हुने छ ।
यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्वाधिक ८ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन् ।
प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुने छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया