लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ । फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवं भुटान हेर्ने निर्देशक योसुप फारुखबीच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउण्डेशनका अध्यक्ष जालानबीच शैक्षिक सहकार्यको समझदारी बनेको हो ।
फाउण्डेशनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।
नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीतिलाई फाउण्डेशनले व्यवहारिक कार्यान्वयन गर्दै आएको उनको भनाई छ ।
माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैं रहने बताए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताए ।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया