बालकुमारी घटना : जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा मन्त्री गुरुङ र बस्नेतलाई
जाजरकोट र रुकुम पश्चिमलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ- सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । समितिले प्रतिवेदन अध्ययन गरि कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले कार्तिक १७ गते भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको उनले बताइन् । त्यस्तै बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन १६ गतेदेखि फागुन मसान्तसम्म म्याद थप गर्ने निर्णय समेत गरेको उनको भनाइ छ ।
मन्त्रिपरिषद्ले चितवनको भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षा कोषले श्रमिक र तिनका परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

प्रतिक्रिया