मिटरब्याज पीडितका नाममा खेल्ने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार लागिपरेको भन्दै अहिले उनीहरूका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका हुन् । अहिलेसम्म साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको भन्दै उनले अन्यलाई पनि हरहालतमा न्याय दिने जिकिर गरे ।
मिटरब्याजसम्बन्धी आयोगको दुई पटक म्याद थपिएपछि विघटन गरिएको, सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए ।
गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षमा न्याय हुने गरी मेलमिलापमा जोड दिने र त्यसो हुन नसके अनुसन्धान गरेर अभियोजनमा जान सक्ने बताए । उनले पीडितलाई हर हालतमा न्याय दिने दिशातर्फ सबै लाग्नुपर्ने समेत बताए ।

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षा कोषले श्रमिक र तिनका परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

प्रतिक्रिया