बिवाइडीको ‘नेपाली अब युरो कपमा’ स्किम योजना सार्वजनिक

काठमाडौँ- बिवाइडीले युरो कपको ‘नेपाली अब युरो कपमा’ स्किमको योजना ल्याएको छ । नेपालमा आधिकारिक विक्री वितरण विद्युतीय सवारीसाधनको सिमेक्स कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी युरो कप २०२४ को स्किम योजना लिएर आएको हो ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले ’नेपाली अब युरो कपमा’ स्किम योजना सार्वजनिक गरेको हो । सिमेक्स कम्पनीका अनुसार ११ जना भाग्यशाली ग्राहकले युरो कपको मजा लिन पाउने छन् । यो योजनाले ग्राहकलाई अविस्मरणीय अनुभव प्रदान गर्नेमा विश्वास राखेको कम्पनीले बताएको छ ।
जर्मनमा हुने युरो कपको बिवाइडी अफिसियल पार्टनर रहेकाले फुटबल प्रेमी ग्राहकहरूलाई प्रत्यक्ष रुपमा युरोप कप हेर्ने अवसर प्रदान गर्न लागेको हो ।
जर्मनको दश प्रसिद्ध स्टेडियममा सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म युरो कप हुने भएको छ । न्यु इनर्जी भेहिकलको बिवाइडीबीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक सम्झौता भएको दाबी गरिएको बताइएको छ ।
सिमेक्स विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकलाई नौलो अनुभव प्रदान गर्दै आएको छ । यो युरो कप स्किमको योजनाले पनि कम्पनीले ग्राहकलाई सन्तुष्टिप्रतिको समर्पण र फुटबल खेल प्रतिको मोह बुझाएको कम्पनीले जनाएको छ ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

प्रतिक्रिया